Hamro Sanchar

अग्निप्रसाद सापकोटा भन्छन् : पार्टी फुट्दैछ भन्ने तरंगको हल भइसक्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, ६ गते


Advertisement

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी फुट्नेबारे भएको तरंगको हल भइसकेको बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको बागमती प्रदेशको परामर्श समितिको बैठकपछि बोल्दै बिहीबार उनले पार्टीको छलफलबाट सबैमा सहमति भइसकेको बताएका हुन् ।

प्रवक्ता सापकोटाले भने, ‘आन्तरिक रूपमा छलफल चल्दै जान्छ । केन्द्रीय समितिको बैठकसम्म पुग्दा निष्कर्षमा पुग्छ । पार्टी फुट्छ, फुटाउँदैछ भन्ने कुरा करिब करिब हल भएको छ । अध्यक्षले खारेज भइसक्यो भन्नुभएको छ । त्यसमा हाम्रो सहमति छ । एकताबद्ध हुनुपर्छ ।’

प्रवक्ता सापकोटाले अहिले नेतृत्वको बारेमा छलफल र बहस गर्ने समय नभएको बताए । उनले भने, ‘अहिले नेतृत्वको बारेमा छलफल, बहस गर्ने बेला होइन । यो अन्र्तरसंघर्षको समय होइन वर्ग सङ्घर्षको समय हो ।’

प्रवक्ता सापकोटाले सदनलाई प्रभावकारी बनाउनु पर्ने भन्दै आवश्यक परे सडकको कार्यक्रमको पनि तयारी गर्नुपर्ने बताए।


प्रतिकृया दिनुहोस्