Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मानव बेचबिखन ब्यूरोले मार्यो नेपाल संगीत उद्योग संघमा छापा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, ५ गते


Advertisement

काठमाडौं । नेपाल संगीत उद्योग संघमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले छापा मारेको छ। अनामनगरमा रहेको संघको कार्यालयमा प्रहरीले आइतबार छापा मारेको हो।

नक्कली कलाकार र गायकको कागजात बनाएर अष्ट्रेलिया पठाउने समाचार आएपछि छापा मारेको ब्यूरोका प्रवक्ता एवं एसपी गौतम मिश्रले बताएका छन्।

‘मिडियामा विदेश पठाउन कागजात मिलाइदिने गरेको समाचार आएपछि हामीले संघमा छापा मारेका हौं,’ उनले भने, ‘आइतबार हाम्रो टोलीले संघमा पुगेर कागजातहर बरामद गरेको छ।अनुसन्धान कार्य जारी छ। सम्बन्धित व्यक्तिहरुलाई बोलाएर सोधपुछ गर्ने प्रक्रियामा छौं।’

कार्यालयबाट कागत बरामद गरेपनि प्रहरीले कसैलाई पनि नियन्त्रणमा लिएको छैन।


प्रतिकृया दिनुहोस्