Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता : सरकारको कामबारे कुराकानी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, १ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

आज भएको भेटमा सरकारले राजनीतिक विर्मश र सरकारको कामसँग सम्बन्धित कुराकानी भएको प्रधानमन्त्री ओलीले जानकारी दिएका छन्।

‘नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो,’ भेटबारे जानकारी दिँदै प्रधानमन्त्रीले लेखेका छन्, ‘केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए। सरकारले गरिरहेका र गर्नु पर्ने कामका विषयमा पनि कुरा भए।’

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको सहयोगमा गत असार ३० गते नेकपा एमाले अध्यक्ष ओली प्रधानमन्त्री बनेका थिए।


प्रतिकृया दिनुहोस्