Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

लागुऔषध ब्राउन सुगरसहित काठमाडौंबाट ८ जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, ३१ गते


Advertisement

काठमाडौं । अवैध लागुऔषध ब्राउन सुगरसहित कोटेश्वरबाट प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट उनीहरु पक्राउ परेका हुन्। शङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा खानतलासी गर्दा उनीहरुका साथबाट ३३.७६ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा ललितपुरका २७ वर्षीय रफिस अवाले, काभ्रेपलाञ्चोक नमोबुद्धका १९ वर्षीय रिसफ श्रेष्ठ, मोरङ कानेपोखरीका २१ वर्षीय रेमन राई, बेलबारीका ३३ वर्षीय अमितकुमार चौधरी र ३६ वर्षीय प्रमोद राई छन्।

त्यसैगरी पाँचथरको मिक्लाजुङका २८ वर्षीय मेहरमान भुजेल, फिदिमका २७ वर्षीय टिम्पल तामाङ, फाल्गुनन्दका २९ वर्षीय भीमकुमार चेम्जोङ पनि पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रहरीले उनीहरुका साथबाट लागुऔषध ट्रामाडोल आठ ट्याब्लेट, मोटरसाइकल र स्कुटर एक/एक थान, नगद रु ५५ हजार दुई सय, १४ थान मोबाइल, आइप्याड एक थान, झोला एक थान, तौल गर्ने डिजिटल मेसिन एक थान र पर्स एक थान बरामद गरेको छ।


प्रतिकृया दिनुहोस्