Skip

Hamro Sanchar

काठमाडौंमा एक अस्पतालको छतबाट हाम फालेर युवकको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, २६ गते


काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालसँगै रहेको मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको छैटौँ तलाबाट हाम फालेर एक जना युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एवं एसपी नवराज अधिकारीका अनुसार, छैटौँ तलामा रहेको एस क्याफेको छतबाट हाम फालेका ती युवाको उपचारका क्रममा मृत्यु भएको हो।

आज दिउँसो करिब ३ बजे गोकर्णेश्वर-४ बस्ने २१ वर्षीय स्वरूपराज आचार्यको मृत्यु भएको हो।

क्याफेमा कफि पिएर बसिरहेका आचार्यले छतबाट हामफालेका हुन्।

छतबाट हाम फालेपछि उनलाई तुरुन्तै सोही अस्पतालको इमर्जेन्सीमा उपचार थालिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको एसपी अधिकारीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार, उनी अस्पतालमा उपचाररत बिरामी वा बिरामीका आफन्त नरहेको पाइएको छ।


प्रतिकृया दिनुहोस्