Skip

Hamro Sanchar

सिन्धुपाल्चोकमा एक वृद्ध महिलाको हत्या

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, १९ गते


सिन्धुपाल्चोक, साउन १९- सिन्धुपाल्चोकमा एक वृद्ध महिलाको हत्या भएको छ । शुक्रबार राति बाह्रविशे नगरपालिका–६ खाण्डेबासकी ७१ वर्षीया रत्नकुमारी थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निराञ्जन भटराईले जानकारी दिए ।

घरमा एक्लै बस्दै आएकी थापाको घाँटीमा निलडाम रहेकाले गहना लुटपाटपछि हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । घरमै मृत अवस्थामा देखेपछि छिमेकीले प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए ।

हत्यामा संलग्नको पहिचान हुन सकेको छैन । प्रहरीले हत्यामा संलग्नहरुको खोजीकार्य र अनुसन्धान अघि बढाएको जनाएको छ ।


प्रतिकृया दिनुहोस्