
काठमाडौं । संगीत गुरु गुरुदेव कामतको निधन भएको छ ।
सिरहास्थित आफ्नै घरमा आज बिहान ८ बजे ६९ वर्षको उमेरमा निधन भएको उनका छोरा समीर कामतले जानकारी दिएका छन् ।
उनको आजै अन्त्येष्टि गर्ने तयारी छ ।शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ लिइने नाम गुरुदेव कामतको दुवै मिर्गौलामा समस्या देखिएको गत चैतमा पत्ता लागेको थियो ।
उपचारका लागि आर्थिक संकटको सामना गर्नुपरेपछि उनी सपरिवार आफ्नो जन्मथलो सिरहाको पोखरभिन्डा फर्किएका थिए

















