
चितवन, साउन २- चितवनमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्थानीयले आगजनी गरेका छन् ।
बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुरको नगर प्लटिङमा टोली रेलमार्गको सर्भे गर्न गएको थियो । सो समयमा स्थानीयले टोलीको गाडी नियन्त्रणमा लिएको हो ।
सर्भे गर्न गएका टोलीलाई भने प्रहरीले सुरक्षा दिएको छ । स्थानीयले सो स्थानबाट रेलमार्ग बनाउँन नहुँने भन्दै अवरोध गरेका हुन् ।