Hamro Sanchar

नेपाल प्रतिभाहरूको देश हो : प्रधानमन्त्री ओली

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, २ गते


Advertisement

काठमाडौँ, साउन २- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रतिभाहरूको देश भएको बताएका छन् । बुधवार छिन्नलता गीत पुरस्कार गुठीले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले वेदका ऋषाहरु समेत नेपाल भूमिमै लेखिएको भन्दै पहिलो गुरु, पहिलो दार्शनिक, पहिलो योगी, आदि दार्शनिक पनि यही भूभागका भएको बताए ।

‘कला, संस्कृति, सङ्गीत, गायन, नृत्य र वाद्यवादन लगायतको विकास गर्न सक्ने ठाउँ हो । प्रतिभाहरूको देश हो’, प्रधानमन्त्री ओलीको भनाइ छ । उनले यस्ता प्रतिभाहरूलाई सम्मानित र प्रशंशित गर्ने काम गरेकोमा छिन्नलता पुरस्कार गुठीलाई धन्यवाद दिए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले २०७९ सालको छिन्नलता गीत पुरस्कार गीतकार भूषण खरेल, सङ्गीत पुरस्कार मनराजा नकर्मी, गायनतर्फ शिव परियार र युवातर्फ गायिका मेनुका पौडेललाई प्रदान गरेका छन् ।

यसैगरी प्रधानमन्त्रीले २०८० सालका लागि गीतकार वीरेन्द्र पाठक, सङ्गगीतकार चण्डीप्रसाद काफ्ले, गायनतर्फ मनिता सोताङ र युवातर्फ गायक भुपु पाण्डेलाई पुरस्कार प्रदान गरे । छिन्नलता गीत, सङ्गीत र गायन पुरस्कारको राशी जनही एक लाखको छ भने युवा पुरस्कार ५० हजार राशीको छ ।


प्रतिकृया दिनुहोस्