Hamro Sanchar

सिमलतालमा दुर्घटना : थुम्सीमा भेटियो एक युवकको शव

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, ३२ गते


नवलपरासी पूर्व, असार ३१- गैंडाकोटस्थित नारायणी नदीको बीचमा आइतबार बिहान भेटिएको शव सिमलताल बस दुर्घटनामै परेका व्यक्तिको रहेको खुलेको छ । शव काठमाडौं महानगरपालिका वडा नम्बर-४ बस्दै आएका २९ वर्षीय सज्जात अन्सारीको भएको प्रहरीले बताएको छ ।

उनी काठमाडौंबाट वीरगन्जतर्फ आउँदै गरेको एन्जल यातायातको वाग्मती प्रदेश ०३–००६ख १५१६ नम्बरको बसका यात्रु हुन् । उनी भारतीय नागरिक रहेको पनि प्रहरीले जनाएको छ । उनको पर्समा भेटिएको सवारी चालक अनुमतिपत्रबाट सनाखत भएको हो ।

काठमाडौंबाट गौरतर्फ गइरहेको वाग्मती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको वाग्मती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए ।


प्रतिकृया दिनुहोस्