Skip

Hamro Sanchar

नारायणी नदी किनारामा थप दुइ शव फेला, सिमलताल घटनाकै रहेकाे आशङ्का

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, ३० गते


काठमाडौं, असार २९-  नवलपरासी पूर्वको गैँडाकोट-१० मा दुई जनाको शव भेटिएको छ । नारायणी नदी किनारमा ती शव भेटिएको प्रहरीले जनाएको छ ।

फेला परेका शव सिमलताल घटनाका रहेको अनुमान गरिएकाे छ । यद्यपि प्रहरीले पुष्टि गरेको छैन । सनाखत भएपछि पुष्टि गर्न सकिने प्रहरीले जनाएको छ ।

एउटा शव बालुवामा पुरिएको अवस्थामा र एउटा शव तैरिएको अवस्थामा भेटिएको थियो ।

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा शुक्रबार दुई वटा डिलक्स गाडी त्रिशूलीमा खसेका थिए । एन्जल वीरगन्जबाट काठमाडौँतर्फ र गणपति काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा पहिरोमा परेका थिए ।

बेपत्ता बस र यात्रुको खोजी कार्य चलिरहेको छ । यसअघि एक जना भारतीय नागरिकको शव फेला परेकाे थियाे । उक्त शव साेही घटनामा परेका बसमा सवार यात्रीकाे रहेको पुष्टि भइसकेकाे छ ।


प्रतिकृया दिनुहोस्