Hamro Sanchar

१८ महिनापछि ढल्यो प्रचण्ड नेतृत्वको सरकार, नयाँ सरकार गठनकाे बाटो खुल्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, २९ गते


Advertisement

काठमाडौं, असार २८- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न असफल भएका छन् ।

प्रधानमन्त्रीको प्रस्तावमाथि भएको मतदानमा उनको पक्षमा ६३ मत पर्यो भने विपक्षमा १९४ सांसदले मतदान गरे । एक सांसद तटस्थ रहे । बैठकमा दुई सय ५८ सांसद उपस्थित थिए ।

प्रधानमन्त्रीको पक्षमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीका सांसदले मतदान गरे । कांग्रेस, एमाले, राप्रपा, जसपा नेपाल, जसपालगायतका दलका सांसदले प्रधानमन्त्री प्रचण्डको विपक्षमा मत जाहेर गरे ।

प्रतिनिधिसभाबाट विश्वास गुमाएकाले प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका छन् ।

सत्तासाझेदार दल एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले आजको प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका थिए ।

प्रचण्ड १० पुस ०७९ मा प्रधानमन्त्री नियुक्त भएका थिए । एमालेसहित एक सय ६९ सांसदको समर्थनमा अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।


प्रतिकृया दिनुहोस्