Skip
आज : २०८१ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रधानमन्त्री प्रचण्डलाई एमालेको आग्रह : ‘आजै, अहिले भर्खर राजीनामा दिनुस्’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, २४ गते


Advertisement

काठमाडौं, असार २३- नेकपा (एमाले) प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

आइतबार बसेको संसदीय दल बैठकबाट एमालेले प्रधानमन्त्री दाहालले तत्काल राजीनामा दिनुपर्ने माग गरेको प्रमुख सचेतक बर्तौलाले बताएका हुन् ।

‘प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन हामीले अपिल गरेका छौं। हाम्रो पहिलो माग प्रधानमन्त्रीले आजै, अहिले भर्खर राजीनामा दिनुपर्छ भन्ने हो,’ प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘उहाँले राजीनामा दिनु भएन भने असार २८ गते विश्वास मत लिने भन्नुभएको छ। उहाँले राजीनामा नदिए विश्वास मतको विपक्षमा एमालेले मतदान गर्छ।’

उनले राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि मार्गप्रशस्न गरिदिन पनि एमालेले माग गरेको बताए ।

‘सरकार अल्पमतमा परे पनि विभिन्न निर्णय गरिरहेको छ, यो सरकारले कुनै पनि निर्णय गर्ने हैसियत राख्दैन,’ उनले भने, ‘सरकारलाई कुनै पनि निर्णय नलिन पनि हाम्रो बैठकले सचेत गराएको छ।’


प्रतिकृया दिनुहोस्