Skip
आज : २०८१ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

युवाहरू लिएर मनोज गजुरेलको घरमा चाबी लगाउन पुगेकी पूर्व पत्नी मिना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, २४ गते


Advertisement

काठमाडौँ, असार २३- हास्य कलाकार मनोज गजुरेलकी पूर्व पत्नी मिना ढकाल पक्राउ परेकी छन् । केहि युवाहरू लिएर बालकोटामा रहेको मनोज गजुरेलको घरमा चाबी लगाउन पुगेकी उनलाई जिल्ला प्रहरी परिसद भक्तपुरको टोलीले पक्राउ गरेको एसपी वेद विष्टले जानकारी दिए ।

मनोज घरमा नभएको समय युवाहरूको ग्रुप लिएर ८५ वर्षकी गजुरेलकी आमालाई धम्काई, लछारपछार पारि चाबी लगाएर हिँड्न लागेका बेला छिमेकीहरूले प्रहरीलाई खबर गरिदिएपछि उनी पक्राउ परेकी हुन् ।

२०७४ सालमै मनोजसँग सहमतिमै सम्बन्ध विच्छेद गरेकी मिनाले सामाजिक सञ्जालमा मनोजको चरित्रहत्या गर्दै आएकी थिइन् । तर मिनाले यो पल्ट भने घरमै चाबी लगाउन पुगेकी हुन् ।

गजुरेल र ढकालका १ छोरी र १ छोरा छन् । छोरी क्यानडामा रहेकी छन् भने छोरा गजुरेलसँगै बस्दै आएका छन् ।


प्रतिकृया दिनुहोस्