Skip
आज : २०८१ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सप्तकोशीको ५६ वटै ढोका खोलियो, दाउरा खोज्न, माछा मार्न र डुङ्गा चलाउन रोक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, २४ गते


Advertisement

काठमाडौं, असार २३- सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ ।

केहीबेर अघिको मापनमा कोशी ब्यारेजमा ३ लाख ६८ हजार क्युसेक पानी मापन गरिएको र ५६ वटा ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए ।

पूर्वी पहाडी  जिल्लाहरूमा लगातार  परेको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाब शनिबारदेखि बढेको हो ।

कोशी ब्यारेजका सबै ढोका खोलिएपछि आसपासका क्षेत्रमा खतरा टरेको छ भने कोसीमा दाउरा खोज्न, माछा मार्न र डुङ्गा चलाउन रोक लगाइएको छ ।


प्रतिकृया दिनुहोस्