Skip
आज : २०८१ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

दोलखामा बाढी : एक होटल व्यवसायी महिला बेपत्ता, ३ होटल बगायो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, २३ गते


Advertisement

काठमाडौँ, असार २२- दोलखाको गौरिशंकर गाउँपालिका ९ गोगाङस्थित रोल्वालिङ खोलामा आएको बाढीमा परेर एक होटल व्यवसायी महिला बेपत्ता भएकी छन् । शुक्रबार राति र शनिबार बिहान परेको अविरल बर्षापछि आएको बाढीमा परेर ६४ वर्षीय जाङमु शेर्पा बेपत्ता भएकी हुन् । बाढीले ३ वटा होटल समेत बगाएको छ ।

बेपत्ता भएकी शेर्पाको खोजी कार्य जारी रहेको बताइएको छ । बाढीले छ्योतछ्योत–सिमीगाउँ–च्छो रोल्पा पदमार्गमा रहेका घर र होटल पुरेको हो । बेलुकादेखि परेको अविरल वर्षाका कारण अहिले पदमार्ग समेत बन्द भएको छ ।


प्रतिकृया दिनुहोस्