Skip
आज : २०८१ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

निर्माणाधीन जलविद्युत् आयोजनाको ढलान खस्दा २ कामदार बेपत्ता, १० जना घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, २२ गते


Advertisement

काठमाडौं, असार २१- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ मा निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाको ढलान खस्दा दुई जना कामदार पुरिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) निरञ्जन भट्टराईका अनुसार आयाेजनाकाे बाँधतर्फ पानी जाने पट्टीको ढलान एक्कासी खस्दा ठाकुरबावा नगरपालिका– ३ का ३० वर्षीय रामदिन थारु र सोही नगरपालिका ५ का ३० वर्षीय सुमन थारु ढलानले पुरिएर बेपत्ता भएका हुन् ।

उनीहरूको खोजी भइरहेको छ ।

यस्तै ढलान खस्दा घाइते भएका १० जनालाई प्राथमिक उपचारपछि बाह्रबीसे अस्पताल पठाइएको छ । भोटेकोशी क्षेत्रमा अहिले ठूलो पानी परिरहेको छ ।


प्रतिकृया दिनुहोस्