
काठमाडौँ, असार २०- विदेश जाने चक्करमा विभिन्न कारणले सफल हुन नकसेपछि एक युवकले हाम फाल्ने प्रयास गरेका छन् ।
काठमाडौँ र ललितपुरको सीमामा पर्ने शंखमुलको पुलबाट हाम फाल्न लागेका मकवानपुर घर भइ ललितपुर महानगरपालिका–१७ मा बस्दै आएका उनलाई प्रहरीले उद्धार गरेको छ ।
कपडा खोलेर बागमती पुलमा हामफाल्न लागेका उनलाई बिहीबार ललितपुर प्रहरीले उद्धार गरेको हो ।
ती युवकलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले बताएको छ ।