Hamro Sanchar

घाँस काट्न जाँदा १९ वर्षीय युवती बारीमै बलात्कृत, ४८ वर्षीय पुरुष पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, २१ गते


Advertisement

लमजुङ, असार २०- लमजुङमा १९ वर्षीया युवती घाँस काट्न गएको बेला आफ्नै बारीमा बलात्कृत भएकी छन् । दूधपोखरी गाउँपालिका–६ मा भएको सो घटनामा सोही वडाका ४८ वर्षीय प्रसाद गुरुङलाई प्रहरीले पक्राउ गरेको छ

सो घटना भएको चारदिन पछि गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईले बताए । उनका अनुसार पीडित घाँस काट्न गएको थाहा पाई पिछा गर्दै गएर जवरजस्तीकरणी गरेका रहेछन् ।

पीडितलाई पीडक गरुङले सो घट्ना कसैलाई भनेमा मारिदिने धम्की दिएकोले समयमा उजुरी गर्न नसकेको पीडित परिवारले बताएका छन् । उनले भने, त्यसैले घटनाको उजुरी आउन ढिला भएको रहेछ । तर पनि उजुरी दर्नासाथ अभियुक्तलाई पक्राउ गरिएको चपाईले बताए ।

अभियुक्त गुरुङलाई जिल्ला अदालतमा पेस गरि ७ दिनको म्याद लिई थप अनुसन्धान गर्ने र मुद्दाको तयारी गरिएको छ ।


प्रतिकृया दिनुहोस्