Hamro Sanchar

प्रधानमन्त्रीले बोलाएपछि बालुवाटार पुगे ओली

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, १९ गते


Advertisement

काठमाडौं, असार १८- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसित भेटवार्ताका निम्ति ओली मंगलबार बिहान बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री प्रचण्डले ओलीलाई वालुवाटारमा बोलाएका थिए ।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच गएको आइतबार र सोमबार (हिजो) पनि छलफल भएको थियो । सोमबारै राति ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नयाँ सत्तासमीकरणको सहमति गरेका छन् ।


प्रतिकृया दिनुहोस्