Hamro Sanchar

करणलाई बालुवाटार बोलाएर प्रधानमन्त्री प्रचण्डले दिए गितार उपहार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, १३ गते


Advertisement

काठमाडौं, असार १२- नेपाल आइडल विजेता करण परियारलाई आज बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाइ दिएका छन् ।

उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई गितार उपहार दिए। बधाइ ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुखदुखमा आफू साथमै रहेको बताए ।

सो अवसरमा प्रधानमन्त्रीले बधाइ दिँदै विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरे ।


प्रतिकृया दिनुहोस्