
काठमाडौं, असार ७- टिपरको ठक्करबाट कोटेश्वरमा स्कुटर सवार एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्कुटर चालक ललितपुर सानागाउँकी लक्ष्मी श्रेष्ठ छिन् ।
बा ३ क ३०५३ नम्बरको टिपरले श्रेष्ठले चलाएको बागमती प्रदेश ०२–०३९ प ९९५२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
टिपरचालक सोमबहादुर तामाङलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको छ ।