
भरतपुर, असार ६- भरतपुरमा मोटरसाइकलको ठक्करबाट मागि खाई हिँड्ने पैदल यात्रुको मृत्यु भएको छ ।
भरतपुर–२३ कृष्णचोकबाट बजार तर्फ जादै गरेको बा.प्र०२–०१९प ६४७१ नं.को मो.सा.ले ठक्कर दिँदा पैदल यात्रु भरतपुर–२१ का ३५ वर्षिय रामकृष्ण को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार बुधबार बेलुका करिब साढे ८ बजे भएको उक्त दुर्घटना पश्चात गम्भीर घाइते भएका परियारको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा बिहिबार विहान करिब साढे ५ बजेको समयमा मृत्यु भएको हो ।
मोटरसाइकल र चालक दुवै प्रहरी नियन्त्रणमा रहेका छन् ।


















