Hamro Sanchar

मृतक महिला प्रहरीका ‘ब्वाइफ्रेन्ड’ पक्राउ, मोबाइलमा भेटिए यस्ता म्यासेज

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, ६ गते


Advertisement

सिराहा, असार ५- जिल्ला प्रहरी कार्यालय, सिराहाको शौचालयमा मृत फेला परेकी प्रहरी जवानका केटा साथी (ब्वाइफ्रेन्ड) पक्राउ परेका छन् । गत जेठ ३१ गते २५ वर्षीया प्रहरी जवान करिश्मा सुनार कार्यालयको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको दोस्रो तलामा रहेको शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

सोही घटनामा आत्माहत्या दुरुत्साहनको आरोपमा दैलेख घर भई बाँके बैजनाथ गाउँपालिका २ बस्ने २७ वर्षीय पुष्कर थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो । मृतक महिला प्रहरीको मोबाइलमा फेला परेका म्यासेजका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी निरीक्षक उदय द्विवेदीले जानकारी दिए ।

‘उहाँहरूको बीचमा विवाद भएका म्यासेजहरू फेला परे । मृतकका परिवारले पनि उहाँविरुद्ध जाहेरी दिनुभयो । त्यसैका आधारमा अदालतबाट ७ दिनको म्याद लिएर आत्माहत्या दुरुत्साहनको आरोपमा अनुसन्धान गरिरहेका छौँ’, प्रहरी निरीक्षक द्विवेदीले भने ।


प्रतिकृया दिनुहोस्