Skip

Hamro Sanchar

नातेदारले नै गरे छाउगोठमा बसेकी किशोरीको बलात्कार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, ६ गते


धनगढी, असार ५- अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् ।

मंगलबार बेहोस् अवस्थामा भेटिएकी १६ वर्षीया किशोरीमाथि बलात्कार भएको खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी सन्तोष पाठकले किशोरीलाई छाउगोठमा बेहोस् अवस्थामा भेटेपछि उद्दार गरेर अस्पताल लगिएको बताए ।

उपचारपछि किशोरीले आफूमाथि जबरजस्तीकरणी भएको बताएकी थिइन् । उनको बयानका आधारमा जबरजस्तीकरणी गरेको आरोपमा १७ वर्षीय किशोरलाई पक्राउ गरिएको डीएसपी पाठकले बताए ।

उनकाअनुसार पक्राउ परेका किशोर किशोरीका नातेदार नै हुन् । उनीहरू एउटै विद्यालयमा अध्ययन गर्छन् ।


प्रतिकृया दिनुहोस्