Skip

Hamro Sanchar

पहिरोले ट्रक पुरियो, पूर्वी पहाडी जिल्लाबाट काठमाडौं आउने-जाने सवारी अलपत्र

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, ६ गते


सिन्धुली, असार ५- लगातारको वर्षापछि खसेको पहिरोका कारण ट्रक पुरिएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ को कुँडुलेमा गएराति पहिरो खस्दा ट्रक पुरिएको हो ।

बुधबार बिहान एक्कासि लेदोसहितको पहिरो खस्दा प्रदेश २ –०३–००१ ख– ७१४४ नम्बरको ट्रक पुरिएको हो ।

ट्रकचालक पर्सा परवानीपुरका २५ वर्षीय रोशन पटेल सकुशल रहेका छन् ।

पहिरो खस्दा पूर्वी पहाडी जिल्ला ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, भोजपुर, उदयपुरबाट काठमाडौं आवतजावत गर्ने सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् ।

 


प्रतिकृया दिनुहोस्