Hamro Sanchar

पुल बनाउन खनेको खाल्डोमा डुबेका बालकको शव फेला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, ३ गते


Advertisement

कास्की, असार २- पोखरामा खोलामा पुल बनाउन खनेको खाल्डोमा खसेर एक बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्डोमा खसेर एक बालकको मृत्यु भएको हो ।

शनिबार साँझ खाल्डोमा खसेका बरपौवाका ९ वर्षीय गणेश विकको शव आज (आइतबार) बिहान सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण कास्कीबाट खटिएको गोताखोर सहितको टोलीले बालकको शव करिब २० फिट गहिराइबाट निकालेको जनाएको छ ।


प्रतिकृया दिनुहोस्