Hamro Sanchar

हत्या गरिएका क्याम्पस प्रमुख कुशवाहाको भेटियो ‘मृत्युकालीन घोषणा’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, २ गते


Advertisement

वीरगन्ज, असार १- बाराका रामराजा बहुमुखी क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्या अघि उनले मृत्युकालीन घोषणा गरेको भिडियो क्लिप प्रहरीले हात पारेको छ । आफूलाई गोली प्रहार भएपछि घाइते अवस्थामा उनले आफूमाथिको घटनाको बारेमा सर्वसाधारण मार्फत भिडियो रेकर्ड गराएको भेटिएपछि प्रहरीलाई अनुसन्धानको नजिक पुग्न सहज भएको छ ।

व्यक्तिगत रिसइबीका कारण गाउँकै एकजनाले हत्या गरेको उक्त भिडिओ क्लिपबाट खुलासा भएको हो । गोली प्रहारबाट गम्भीर घाइते भएका कुशवाहाले आफूलाई मार्ने व्यक्तिको बारेमा भिडियोमा बोलेका छन् ।

डाईङ डिक्लेरेशन अर्थात मृत्युकालीन घोषणामा उनले गाउँकै सुरेन्द्र कुशवाहाले गोली हानेको बताएका छन् । गोली लाग्दाको बखत भएको भिडिओ रेकर्डबारे जानकारी पाइसकेको प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले बताएका छन् ।

बाराका निमित्त प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले मृतकले गोली लागेपछि घाइते रहँदाकै अवस्थामा बोलेका कुराहरुको भिडिओ रेकर्ड प्राप्त भएको पुष्टि गरे ।


प्रतिकृया दिनुहोस्