Hamro Sanchar

समृद्धिको अभिभारा पूरा गर्न एमाले सक्षम छ : अध्यक्ष ओली

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, २ गते


Advertisement

काठमाडौँ, असार १- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय अभिभारा पूरा गर्न एमाले सक्षम रहेको बताएका छन् ।

एमाले ललितपुर महानगर कमिटीको दोस्रो अधिवेशनको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले स्वार्थका आधारमा एमालेविरुद्ध कतिपय हल्ला चलाइए पनि देश बनाउने एमालेको विचार र यात्रामा कसैले रोकावट गर्न नसक्ने जिकिर गरे ।

भ्रम चिर्दै विकास र समृद्धिको लक्ष्यमा अगाडि बढ्न एमाले अडिग र सक्षम रहेको बताउँदै उनले देश सुरुङ, रेल र पानीजहाजको युगमा प्रवेश हुँदा पनि केही पक्षले उडाउन नछाडेको टिप्पणी गरे ।

समारोहमा ललितपुरका पुराना कम्युनिष्ट नेता सिद्धिलाल सिंहलगायतलाई सम्मान गर्नुका साथै विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्नेलाई स्वागत गरिएको थियो ।


प्रतिकृया दिनुहोस्