Hamro Sanchar

बेहोस भेटिएका श्रीमान-श्रीमतीको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, २ गते


Advertisement

काठमाडौं, असार १- ललितपुरको जावलाखेलमा अर्धबेहोस अवस्थामा भेटिएका श्रीमान-श्रीमतीको मृत्यु भएको छ । अर्धबेहोस भेटिएका २५ वर्षीय उमेश सेन्चुरी र उनकी श्रीमती रेनुको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।

त्यहाँ उपचारका क्रममा राति ९:३० बजे दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

शुक्रबार राति करिब ८:३० बजे जावलाखेल अल्का अस्पताल पछाडि डेरा गरी बस्ने उनीहरु अर्ध बेहोस भेटिएका थिए ।

उनीहरूको मृत्यु के कारणले भएको खुलिसकेको छैन ।

शव पोस्टमर्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।


प्रतिकृया दिनुहोस्