Hamro Sanchar

कुवेत आगलागीमा परेर ज्यान गुमाएका ४५ भारतीयको शव एयर फोर्सले ल्यायो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, १ गते


Advertisement

नयाँ दिल्ली, जेठ ३२- इन्डियन एयर फोर्सको उडानबाट कुवेतमा आगलागीमा परेर मृत्यु भएका ४५ भारतीय कामदारको शव शुक्रबार स्वदेश ल्याएको छ । कुवेतको मंगफस्थित एक बहुतले भवनमा बुधबार आगलागी हुँदा ती कामदारको मृत्यु भएको थियो । सो भवनमा १७६ भारतीय कामदार भएको जनाइएको छ ।

कुवेतका अधिकारीहरूका अनुसार सो आगलागीमा ५० मानिसको मृत्यु भएको थियो । ती मध्ये ४५ जना भारतका, तीन फिलिपिन्सका र अन्य दुईजनाको सनाखत नभएको जनाइएको छ । बिहीबार भारतका मन्त्री कीर्तिबर्द्धन सिंह त्यहाँ गएर मृतकको पहिचानको काम अघि बढाएका थिए ।

भारतका मृतकमध्ये २३ जना केरला, सातजना तमिलनाडु, तीनजना आन्ध्र प्रदेश, तीनजना उत्तर प्रदेश, दुईजना उडिसाका छन् । अन्यमा बिहार, पञ्जाव, कर्णाटक, महाराष्ट्र, पश्चिम बंगाल, झारखण्ड र हरियानाबाट एक एकजना रहेको जनाइएको छ । बीबीसी


प्रतिकृया दिनुहोस्