Hamro Sanchar

बाबुराम भट्टराईको दाबी : केही वर्षभित्र वैकल्पिक शक्तिले नै हो देशको नेतृत्व गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ३० गते


Advertisement

काठमाडौं, जेठ ३०- नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले अहिलेको व्यवस्थालाई थप परिमार्जन गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।

पार्टीको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा भट्टराईले अहिलेको संविधान आधा भरिएको र आधा खाली गिलास भएको भन्दै यसलाई पूर्ण बनाउन शासकीय स्वरुप लगायतका व्यवस्थालाई परिमार्जन गर्दै अघि बढ्नुपर्ने बताए ।

उनले प्रदेश र केन्द्रमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुपर्ने बताए । भट्टराईले राजनीतिक स्थीरता र भ्रष्टाचारमुक्त देश नबनाएसम्म विकास हुन नसक्ने बताए । उनले पुराना दलका नेताहरू धृतराष्ट बनिसकेको भन्दै उनीहरूको बाहुपासमा नफस्न नयाँ दलका नेताहरूलाई सुझाव दिए । देशलाई अबको केही वर्षभित्र देशको नेतृत्व गर्ने वैकल्पिक शक्ति नै भएको उनको भनाइ छ ।


प्रतिकृया दिनुहोस्