आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

यो वर्षको मनसुन नेपाल भित्रियो, नेपालभर फैलन पाँच दिन लाग्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २८ गते


Advertisement

काठमाडौं, जेठ २८- यो वर्षको मनसुन प्रणाली सोमबार (आज) नेपाल प्रवेश गरेको छ । भारतबाट कोसी प्रदेश हुँदै मनसुन नेपाल भित्रिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपाल भित्रिएको मनसुन अब पश्चिमी भूभागतर्फ सर्दै नेपालभर फैलनेछ । “नेपालभर मनसुन फैलिने औसत समय पाँच दिन हो । तर, वायुको वेगमा पनि यो भर पर्छ,” मौसमविद् सञ्जीव अधिकारीले भने, “हावाको गतिअनुसार कति दिन लाग्ने भन्ने भर पर्ने हुन्छ । पाँच दिनभन्दा अगाडि नै अथवा एक हप्ताभन्दा धेरै पनि लाग्न सक्छ ।”

यो वर्ष पश्चिमबाट पूर्वतर्फ पश्चिमी वायुको वेग रहेकाले देशभर मनसुन फैलन केही दिन लाग्न सक्ने उनले बताए । पूर्वबाट पश्चिमतर्फ वायुको वेग रहेको अवस्थामा भने देशभर मनसुन फैलन धेरै समय नलाग्ने उनको भनाइ छ । यो वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने अनुमान छ । सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ ।


प्रतिकृया दिनुहोस्