Hamro Sanchar

खाद्य प्रशोधन कारखानामा आगलागी हुँदा तीनको मृत्यु, छ जना घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २६ गते


Advertisement

काठमाडौं, जेठ २६- भारतको उत्तरी दिल्लीको नरेला औद्योगिक क्षेत्रमा रहेको खाद्य प्रशोधन कारखानामा शनिबार बिहान आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । घटनामा छ जना घाइते भएको दिल्ली प्रहरीले जनाएको छ ।

प्रहरीलाई घटनाको बारेमा पीसीआर कलबाट सूचना प्राप्त भएपछि प्रहरी कर्मचारीहरू फुड्स लिमिटेडमा पुग्दा आगो लागिरहेको प्रहरीले जनाएको छ । घटना हुँदा नौ जना कारखानाभित्र रहेको जनाइएको छ ।

उनीहरूको उद्धारपछि तत्कालै नरेलाको एसएचआरसी अस्पतालमा लगिएकोमा घाइतेमध्ये तीन जनालाई अस्पतालले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ग्यास बर्नरमा कच्चा मुग भर्ने क्रममा ग्यासको एउटा पाइपलाइनमा ग्यास चुहिएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

आगो फैलिदा कम्प्रेसर अत्यधिक तताएको परिणामस्वरूप विस्फोट भएको थियो । मृत्यु हुनेहरुमा श्याम, राम सिंह र बीरपा रहेको पुष्टि भएको छ ।

घाइतेमध्ये पुष्पेन्द्र आकाश, मोहितकुमार, रवि कुमार, मोनु र लालु रहेका छन् । घटनासँग उपयुक्त धाराअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्