आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भारतको केरल आइपुग्यो मनसुन, नेपालमा सात दिनभित्र मनसुनको प्रभाव देखिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १९ गते


Advertisement

काठमाडौ, जेठ १९- यस वर्ष सरदरभन्दा छिटो मनसुन भित्रिने सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन भारतको दक्षिण प्रान्त केरल आइसकेको छ । मौसमविद् वरूण पौडेलले बुधबार केरलमा मनसुन भित्रिसकेको बताए । त्यहाँको मनसुन विभागले जुन ३१ मा मनसुन केरल आइपुग्ने प्रक्षेपण गरेकामा एक दिन अगाडि नै भित्रिएको थियो ।

मौसमविद् पौडेलले नेपालमा सात दिनभित्र मनसुनको प्रभाव देखिने बताए । ‘साधारणतया केरलमा जुन २८ मा मनसुन प्रणाली भित्रिने गर्थ्यो। बिहीबार अर्थात् मे ३० बाट केरलमा मनसुन प्रवेश गरेको छ । त्यसैको आधारमा नेपालमा सरदरभन्दा छिट्टै मनसुन भित्रिन्छ भनेर यकिन त गर्न सकिँदैन । तथापि सात दिनभित्र त्यसको प्रभाव देखिन सक्छ,’ उनले भने ।

अर्का मौसमविद् मीनकुमार अर्यालका अनुसार भारतको मेघालय, त्रिपुरा, केरललगायत प्रान्तमा मनसुन भित्रिएको र उत्तर पश्चिम क्षेत्रतर्फ प्रभाव विस्तार गर्न थालेकोले नेपालमा पनि समयमै आइपुग्ने सम्भावना छ । साधारणतया नेपालमा जुन १३ मा मनसुन भित्रिने गर्छ । अघिल्लो वर्ष जुन १४ अर्थात् जेठ ३१ मा भित्रिएर असोज २८ गते बाहिरिएको थियो । नेपालमा हिउँद याममा पश्चिमी वायुको प्रभाव रहन्छ । मनसुन याममा आउने पूर्वी वायुले त्यसलाई विस्थापित गर्नुपर्छ ।


प्रतिकृया दिनुहोस्