आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

तराईमा अबकाे तीन दिनसम्म गर्मी उच्च हुने, ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १६ गते


Advertisement

काठमाडौं, जेठ १६- तराईका जिल्लामा गर्मी बढ्दै गएको छ । अबकाे तीन दिनसम्म गर्मी उच्च हुने अनुमान छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान छ । ती क्षेत्रका बासिन्दालाई गर्मीबाट बच्ने उपायहरु अपनाउन मौसमविद्को सल्लाह छ ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर अबका तीन दिनसम्म तातो हावा तथा तातो हावाको लहर सम्भावना रहेको जनाएको छ । आज कोशी प्रदेशसहित पहाडी क्षेत्रका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । अरु बाँकी क्षेत्रमा आजको मौसम सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेशसहित बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रको एक–दुई ठाउँहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

नेपालमा स्थानीय वायु, पश्चिमी वायु र न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेपनि ‘रेमल’ चक्रवातको प्रभाव कम हुँदै गएको र पानी पर्ने क्रम कम हुँदै गएको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

पानी पर्नेक्रम घटेसँगै काठमाण्डौ उपत्यका र पहाडी क्षेत्रमा पनि तापक्रम बढ्दो क्रममा छ । काम नपरी घरबाट ननिस्कन, शीतलमा बस्न, बेला बेला पानी र सर्वत तथा फलफूलको जुस पिउन मौसमविद्को सुझाव छ ।


प्रतिकृया दिनुहोस्