काठमाडौं, जेठ १५- सरकारले निर्माणाधीन काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा अवस्थित मुलपानी क्रिकेट मैदान र विरानटगरको गिरिजाप्रसाद कोइराला रंगशालालाई सरकारले राष्ट्रिय गौरवका आयोजनाको रुपमा अगाडि बढाउने भएको छ ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले दुई रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाउने बताएका हुन् ।
खेल पूर्वाधार निर्माणमा कुल एक अर्ब ३० करोड खर्च गरिने बजेट भाषणमा उल्लेख छ ।
हाल २१ वटा आयोजना राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका छन् ।