Hamro Sanchar

‘नेपाल रिटर्नी एशोसिएशन समाजवादी’ बाग्लुङको जिल्ला कमिटी गठन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ११ गते


Advertisement

काठमाडौं, जेठ ११- नेपाल रिटर्नी एशोसिएशन (समाजवादी) को बाग्लुङ जिल्ला कमिटी गठन भएको छ ।
नेकपा (एकीकृत समाजवादी) निकट जनसँगठन नेपाल रिटर्नी एशोसिएशन (समाजवादी) को बाग्लुङमा खगेन्द्र प्रसाद शर्माको नेतृत्वमा ९ सदस्यीय संयोजक कमिटी गठन भएको छ ।

शर्माको नेतृत्वमा गठित उक्त संयोजक कमिटीले केहि समयभित्रै नेपाल रिटर्नी एशोसिएशन (समाजवादी) बाग्लुङको फुल कमिटी निर्माण गर्नेछ ।

भेलाको अध्यक्षता पार्टी जिल्ला कमिटि अध्यक्ष लाल बहादुर थापाले गरेका थिए भने प्रमुख आतिथ्यता रिटर्नी केन्द्रिय अध्यक्ष प्रविण पौडेलको रहेको थियो । इन्चार्ज श्री प्रसाद शर्माको विशेष आतिथ्यता रहेको भेलामा, केन्द्रिय परिषद सदस्य, जिल्ला कमिटी सचिवालय सदस्य लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।

भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले स्वदेश फर्किएका नेपालीहरुलाई गोलबद्ध गर्दै पार्टी संगठनमा जोड्ने कार्य रिटर्नी एशोसिएशनले गरेकोमा रिटर्नी टिमलाई धन्यवाद दिएका थिए ।

प्रमुख अतिथि केद्रीय अध्यक्ष पौडेलले नेपाली विदेशिने क्रमलाई कम गर्दै स्वदेशमै आत्मनिर्भरमुखी कृषि अर्थतन्त्रको माध्यमबाट युवामा जागरण ल्याउनुपर्ने बताए ।

स्वदेशमै आत्मनिर्भरमुखी कृषिलाई प्राथमिकता दिएर युवालाई प्रोत्साहन गर्न नसके भोलिका दिनमा नेपालमा बृद्ध र बच्चा मात्र हुने उनको भनाइ थियो ।

अध्यक्ष पौडेलले नव गठित संयोजक टिमलाई बधाई तथा सिघ्र फुल कमिटी निर्माणको शुभकामना दिए ।


प्रतिकृया दिनुहोस्