काठमाडौं, असार ११- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत काली (महाकाली) नदीको पूर्वका सबै भूभाग नेपाल भन्नेमा सरकार दृढ रहेको स्पष्ट पारेका छन् । विनियोजन विधेयक, २०८१ अन्तर्गत परराष्ट्र मन्त्रालय शीर्षकमाथिको छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै उनले नेपाल–भारतको सुगौली सन्धि, १८१६ बमोजिम ती भूभाग नेपालको रहेको र...
काठमाडौँ, असार १०- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को लागी कुल २ अर्ब ७८ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ । नगरसभाको दशौँ अधिबेशनमा उप-प्रमुख शान्ता थापाको तर्फबाट वडा नम्बर-१ का वडाअध्यक्ष मकुन्द प्रसाद गजुरेलले उक्त बजेट प्रस्तुत गरेका हुन् । सोमबार आयोजित दशौँ नगर अधिबेशनमा नगरप्रमुख उपेन्द्र...
सिन्धुपाल्चोक, असार १०- गए रातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ । मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए । विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो । मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा...