
काठमाडौं, जेठ ५- काठमाडौंको तारकेश्वर नगरपालिका–९, मनमैजुमा एक प्रहरी जवान मृत फेला परेका छन् ।
ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरे मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार यो घटना शुक्रबार अपराह्न ५ बजेतिरको हो । स्थानीयले खबरगरेसँगै प्रहरीको टोली घटनास्थल पुगेको थियो ।
खोटाङ घर भएका प्रहरी जवान घिमिरे सामाखुशीमा बस्दै आएका थिए । घिमिरेको हत्या भएको आशङ्का गरिएको छ । उनको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको छ । ।
उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको अधिकारीले जानकारी दिए ।


















