काठमाडौँ, जेठ ४- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले छाडेर गएकाहरूलाई आफ्नो पार्टीमा फर्कन आग्रह गरेका छन् ।
अध्यक्ष यादवले शुक्रबार सार्वजनिकरुपमा आव्हान पत्र जारी गर्दै सबै नेता कार्यकर्ताहरुलाई पार्टीको मूलधारमा आउन एकताबद्ध भएर पार्टीलाई अघि बढाउन आव्हान गरेका हुन् ।
यादवले भनेका छन्, ‘जसपा नेपालबाट अलग भएर जानु भएका विभिन्न तह तप्काका साथीहरूलाई मूलधारमा फर्कन आह्वान गर्दछौं ।’
उनले जसपा नेपाल विशिष्ट सोच, सिद्धान्त र एजेन्डा बोकेको पार्टी भएको भन्दै समाजवादी आन्दोलन, पहिचान, संघीयता र गणतन्त्रका सवालमा उत्तिकै प्रतिवद्ध रहेको दाबी गरेका छन् ।