काठमाडौं, जेठ ३- प्रतिपक्षले अवरोध गरेपछि सुदुरपश्चिम प्रदेश सभा बैठक आधा घण्टाको लागि स्थगित गरिएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि केहि अघि सुरु भएको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नागरिक उन्मुक्ती पार्टीको रेशम चौधरी पक्षधर सांसदहरुले नाराबाजी गर्दै रोष्टम घेराउ गरेपछि बैठक स्थगित भएको हो ।
सभामुख भिम भण्डारीले आधा घण्टाको लागि बैठक स्थगित गरेका हुन् ।