
काठमाडौं, जेठ ३- आज जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
मदन-आश्रित स्मृति दिवस, नेकपा एमालेसहितका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रमहरु गरी स्मरण गर्दैछन् । नेकपा एमाले चितवनले आज भण्डारी र आश्रितकाे दुर्घटना भएकाे ठाउँ चितवनकाे दासढुंगामा स्मृति सभाकाे आयाेजना गरेकाे छ ।
दासढुंगामा मदन आश्रित स्मृति पार्क बनाइएकाे छ ।
तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो । सोही दिनको स्मरणमा एमालेले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ ।
मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ । मदन–आश्रितको सम्झनामा नेकपा एमालेले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ ।
२०५० साल जेठ ३ गते चितवनको कविलासस्थित दासढुंगामा जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो ।