Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कागेश्वरी मनोहरा नगरपालिकाद्धारा निति तथा कार्यक्रम निर्माणका लागि सुझाव माग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २ गते


Advertisement

काठमाडौं, जेठ २- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को लागि बजेट, निति तथा कार्यक्रम निर्माण कार्यको लागि राय र सुझाव मागेको छ ।

मेयर उपेन्द्र कार्कीले मंगलबार एक सूचना जारी गर्दै बजेट, नीति तथा कार्यक्रममा समावेश गरिनुपर्ने नीतिगत बिषयबस्तु, दिगो र ब्यबस्थित योजना तथा कार्यक्रमहरुका लागि २०८१ जेठ १८ गतेभित्र आफ्ना राय तथा सुझाव उपलब्ध गराईदिन अनुरोध गरेका छन् । आफ्ना राय तथा सुझाव नगरपालिका अन्तर्गत बिषयगत शाखा, सम्बन्धित वडा कार्यालय, नगर कार्यपालिकाको कार्यालय, तथा नगरपालिकाको आधिकारिक इमेल [email protected] र कार्यालयको सामाजिक संजालमार्फत पेश गर्न सकिनेछ ।

आगामी आर्थिक बर्षको नीति, बजेट तथा कार्यक्रम तर्जुमाका लागि सरोकार सबैको सहभागिता सुनिश्चित गर्न विज्ञ, राजनीतिक दल, सङ्घसंस्था, बुद्धिजीवी, सञ्चारकर्मी, समाजसेवी, पेसाकर्मी कर्मचारी, शिक्षक, आम नागरिकसँग रचनात्मक तथा अमुल्य राय सुझाव माग गरिएको मेयर कार्कीले बताए ।

नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरीरहेको र यसैको तयारीस्वरुप सुझाव सल्लाह सङ्कलन गर्न लागेको हो ।

नगरपालिकाले सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, वन वातावरण, सेवा प्रवाह र सुशासनका सवालमा आफ्ना सुझाव सल्लाह र राय पेस गर्न सकिने जनाएको छ ।

आम जनताबाट प्राप्त राय सुझावकै आधारमा आगामी वर्षको नीति, बजेट तथा कार्यक्रम ल्याइने मेयर कार्कीको भनाइ छ ।


प्रतिकृया दिनुहोस्