Hamro Sanchar

नारायणी नदीमा नयाँ सिग्नेचर पुल, प्रधानमन्त्रीले गरे शिलान्यास

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, ३१ गते


Advertisement

चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणी नदीमाथि बन्न लागेको नयाँ पुलको शिलान्यास गरेका छन् । सोमबार एक कार्यक्रमका बीच प्रधानमन्त्री प्रचण्डले भरतपुर महानगरपालिका र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैंडाकोट नगरपालिका जोड्ने नारायण नदीमा निर्माण हुन लागेको ‘सिग्नेचर पुल’ को शिलान्यास गरेका हुन् ।

हाल रहेको नारायणी पुलसँगै ४२० मिटर लामो सिग्नेचर ब्रिज बनाउन लागिएको हो ।

हाल सञ्चालनमा रहेको नारायणी नदीको पुलबाट केही मास्तिर नयाँ पुल निर्माण गर्न लागिएको हो । सरकारले पूर्व–पश्चिम राजमार्गलाई ‘एसियन हाइवे’ को रूपमा स्तरोन्नति गर्न थालेसँगै नदीकोमा पनि थप दुई लेनको पुल विस्तार गर्न लागेको हो ।


प्रतिकृया दिनुहोस्