आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

देशका विभिन्न स्थानमा हावाहुरी र चट्याङसहित वर्षा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, ३० गते


Advertisement

काठमाडौं, बैशाख ३०- देशभरका विभिन्न ठाउँमा अहिले हावाहुरी र चट्याङसहित वर्षा भइरहेको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनीका अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागका मौसम विद् गोविन्द झाले बताए । एक–दुई स्थानमा भारी वर्षा भइरहेको उनले जानकारी दिए । आज दिनभरी नै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुन्छ, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन्छ, उनले भने ।

उनका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका केही स्थानहरूमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी बर्षाको समेत सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।


प्रतिकृया दिनुहोस्