
काठमाडौं, वैशाख १०- विज्ञान र प्रविधिको द्रुततर विकाससंगै विश्वमा नेट, ईन्टरनेटको सहज सुबिधाका कारण परम्परागत संचारमाध्यम हुलाक कार्यालयहरु पछिल्लो समय निस्क्रिय जस्तै छन् । अहिले सुचना सम्प्रेषणको प्रमुख माध्यम इन्टरनेट नै हो । तर नेपाल सरकारले देशभरका हुलाक कार्यालय शनिबार बाहेकका सार्वजनिक बिदामा पनि खुल्ने गरि निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को ६ वैशाखमा बसेको बैठकले शनिबार बाहेक अन्य सार्वजनिक विदामा दिनहरुमा कार्यालय खुला रहने गरी विदा मिलाउन स्वीकृति दिएको हो । अत्यावश्यक कागजहरु पुर्याउनुपर्ने भएकाले यस्तो व्यवस्था गरिएको गोश्वारा हुला कार्यालयले जनाएको छ ।
हुलाक कार्यालयहरुमा दशैंमा ३ तीन, तिहारमा २ दिन र होलीको एक दिन मात्र विदा हुनेछ ।













