Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

शरणार्थी शिविरमा इजरायली सेनाको आक्रमण, ११ जनाको मृत्यु

एजेन्सी प्रकाशित : २०८१ बैशाख, ५ गते


Advertisement

काठमाडौं, बैशाख५-  इजरायलले गाजामा रहेको माघाजी शरणार्थी शिविरमा हवाइ आक्रमण गर्दा बालबालिकासहित ११ जनाको मृत्यु भएको छ।

शरणार्थी शिविरमा लगातार इजरायलले हमला गर्न थालपछि यस्तै इजरायलले दक्षिणी लेबनानमा गरेको आक्रमणमा हिजबुल्लाहका कमाण्डरसहित तीन जना मारिएका छन्। लेबनानका सुरक्षा अधिकारीले इजरायली हमलाको पुष्टि गरेका छन्।

आक्रमणमा हेजबुल्लाह कमाण्डर इसमाइल बाज मारिएको इजरायली सेनाको दाबी छ। इजरायली सेनाले जारी गरेको भिडियोमा हेजबुल्लाह कमाण्डरको गाडीमा आक्रमण भएको देखिएको छ।

हेजबुल्लाले पनि आफ्ना सैन्य कमाण्डरको निधनप्रति शोक व्यक्त गरेको छ। त्यस्तै दक्षिणी गाजामा इजरायलले गरेको अर्को आक्रमणमा हेजबुल्लाहका अन्य दुई सदस्य मारिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन्।


प्रतिकृया दिनुहोस्