
काठमाडौं, वैशाख ५- दुग्ध विकास संस्थान (डिडिसी)ले महाप्रबन्धक नियुक्त गर्न दरखास्त आह्वान गरेको छ ।
बुधबार सूचना जारी गरी डिडिसीले २१ दिनको समय दिएर महाप्रबन्धक पदका लागि दरखास्त मागेक हो ।
महाप्रबन्धक पदका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारकी नियुक्ति तथा मनोनय सम्बन्धी निर्देशिका २०७६ (संसोधन सहित)को दफा ३ को उपदफा २ (ग) बमोजिमको शैक्षिक योग्यता हासिल गरी कुनै संस्था वा निकायमा अधिकृतस्तर/व्यवस्थापनको हैसियतले कम्तिमा दस वर्ष काम गरेको हुनुपर्ने योग्यता तोकिएको छ ।
त्यस्तै दरखास्त दिने व्यक्तिको उमेर ३० वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।
योग्यता पुगेका नेपाली नागरिकहरूले कृषि तथा पशुपंक्षी मन्त्रालय सिंहदरबारको कर्मचारी प्रशासन शाखामा गोप्य शिलबन्दी आवेदन दिनुपर्नेछ ।
दरखास्त शुल्क तीन हजार रूपैयाँ तोकिएको छ ।
























