Hamro Sanchar

काठमाडौँ विश्वकै प्रदुषित सहरको दोस्रो सूचीमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, २५ गते


Advertisement

काठमाडौँ, चैत २५- काठमाडौँ विश्वकै प्रदुषित सहरको दोस्रो सूचीमा परेको छ । आइतबार साँझ ५ बजेको रेकर्डअनुसार नेपाल थाइल्याण्डको चियाङ माइपछिको सूचीमा परेको हो ।

आईक्युएयरका अनुसार नेपाल प्रदुषण स्तर १८३ एक्युआई यूएस रहेको छ । तेस्रो स्थानमा कोलकाता, चौथो स्थानमा बंगलादेशको ढाका, पाँचौँ स्थानमा भियतनामको हानोइ रहेको छ ।

केही दिनयता काठमाडौँ उपत्यकासहित नेपालको वायुमण्डल तुवाँलोले भरिएको छ । यसको खास कारण छिमेकी मुलुक भारतको उत्तरप्रदेशका विभिन्न स्थानका जंगलमा लागेको वन डढेलो र वर्षा नभएका कारण वायुमण्डलमा धुलाका कणहरु जम्मा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार अहिले नेपालकै पहाडी जिल्लाहरुमा वन डढेलो लागिरहेको अवस्था छ । उनले उत्तर प्रदेशतिरको हावा नेपाली आकाशसम्मै आइपुगेको बताउँदै आकाशबाट पानी नपरिकन यो तुवाँलो नहट्ने उनले बताए ।


प्रतिकृया दिनुहोस्